२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

shivam cement
२०८२ माघ ११ गते १८:२९
Shares
रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं : सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाऊ आदेश जारी गर्दै मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतको आदेशसँगै चौधरीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न नमिल्ने भएको छ । अदालतले उक्त विवादमा सुनुवाइका लागि यही माघ १५ गतेलाई बोलाएको छ ।

उक्त पार्टीका संरक्षक चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध यही माघ ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । चौधरीको कसुर र कैदको अभिलेख कायमै हुने उल्लेख गर्दै आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । उनले कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिएका थिए ।

सम्बन्धित खबर