२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

आज कैलाली र कञ्चनपुरमा बालेनको चुनावी अभियान

shivam cement
२०८२ माघ १३ गते ०९:२६
Shares
आज कैलाली र कञ्चनपुरमा बालेनको चुनावी अभियान

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिने भएका छन् । 

बिहान ७ बजे बर्दियाको राजापुरबाट कैलाली र कञ्चनपुरको चुनावी यात्रा सुरु भएको बालेनको सचिवालयले जनाएको छ ।

राजापुरबाट टिकापुर हुँदै लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला, अत्तरियामा र धनगढी बजारमा रास्वपाले कार्यक्रम गर्ने भएको छ ।

दिउसो ३:३० बजे उनी धनगढीबाट पुनर्वासतर्फ लाग्ने बताइएको छ । कञ्चनपुरमा उनी  झलारी र महेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका छ । 

सम्बन्धित खबर