२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दक्षिण कोरियाली सामानमा भन्सार शुल्क २५ प्रतिशत पुर्‍याउने घोषणा

shivam cement
२०८२ माघ १३ गते १०:३६
Shares
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दक्षिण कोरियाली सामानमा भन्सार शुल्क २५ प्रतिशत पुर्‍याउने घोषणा

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँगको द्विपक्षीय व्यापार सम्झौता लागू नगरेको आरोप लगाउँदै निश्चित कोरियाली सामानहरूमा भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने बताएका छन् । 

उनले सामाजिक सञ्जालमा कोरियाली व्यवस्थापिकाले अमेरिकाको ऐतिहासिक व्यापार सम्झौता लागू नगरेका कारण दक्षिण कोरियाली सवारी साधन, काठ, औषधि र अन्य सबै पारस्परिक शुल्कहरू १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याएको बताए । दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँगको सम्झौता पालना नगरेको आरोप लगाए । राष्ट्रपति ली र आफूले जुलाई ३०, २०२५ मा दुवै देशका लागि एक उत्कृष्ट सम्झौता गरेको भन्दै अक्टोबर २९, २०२५ मा आफू कोरियामा रहँदा यी शर्तहरू कार्यान्वयन गर्ने प्रतिवद्धता गरेपनि सफल नभएको बताए । 

अक्टोबर २०२५ मा ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच भएको सम्झौताअनुसार अमेरिकाले दक्षिण कोरियाबाट हुने आयातमा १५ प्रतिशतको एकमुष्ठ भन्सार शुल्क लगाउने कुरा थियो । जुन ट्रम्पले पहिले धम्की दिएको स्तरभन्दा १० प्रतिशत बिन्दुले कम थियो । यसको बदलामा, दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्न सहमति जनाएको थियो । 

सम्बन्धित खबर