दिपक बाबू साउँद/मध्यान्ह
दार्चुला : जिल्लाको शैल्यशिखर नगरपालीका वडा नम्बर ६ ग्वानिमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
नेपाली कांग्रेसका कार्यक्रताहरुले शान्तिपुर्ण र्याली गरिरहेका बेला नेकपा एमालेका कार्यकर्ताहरुले कांग्रेसका कार्यकर्ताहरुमाथि ढुङ्गा मुढा र सिसाका बोतलहरु प्रहार गरेको स्थानीय वीर सिंह धामीले मध्यान्हलाई बताए ।
उनका अनुसार नेकपा एमाले शैल्यशिखरले छिमेकी जिल्ला बैतडीबाट ११ वटा गाडीमा आएका कार्यकर्ताहरुलाई मदिरा खुवाएर झडप गराएको आरोप छ ।
दोहोरो झडप हुँदा दुबै पक्षका एक दर्जनभन्दा वढी कार्यकर्ताहरुलाई सामान्य चोटपटक लागेको र गाडीका सिसासमेत फुटेको मालिकार्जुन प्रहरीले जनाएको छ ।
उता नेकपा एमालेका कार्यकर्ताले आफुहरुमाथि कांग्रेस कार्यक्रताहरुले पनेबाजबाट फर्किने क्रममा ढुङ्गा मुढा प्रहार गरेको आरोप लगाएका छन् । उक्त घटनाबारे ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक सुरज सिंहसँग बुझ्दा नेपाली कांग्रेसका कार्यक्रता र नेकपा एमालेका कार्यक्रताहरुबीच सामान्य झडप भएको बताए ।
उनका अनुसार दुबै पक्षका कार्यकर्ताहरुलाई जम्काभेट भएपछि विवाद सिर्जना भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies