२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

स्टन्ट गरेर प्रणाली सुधार हुँदैनः गगन थापा

shivam cement
२०८२ माघ १७ गते १४:०२
Shares
स्टन्ट गरेर प्रणाली सुधार हुँदैनः गगन थापा

काठमाडौंः नेपाली कांग्रेसका सभापति गगन थापाले प्रणालीमा सुधार गर्न सही कानुन बनाउनुपर्ने बताएका छन् । शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उनले स्टन्ट गरेर सुधार गर्न नसकिने बताएका हुन् ।

उनले सार्वजनिक संस्थाहरूमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन स्टन्ट र चटक देखाएर नभई सही कानुन र प्रक्रिया निर्माण गरेर मात्र सम्भव हुने बताए । सभापति थापाले नेपाली कांग्रेस प्रणाली र प्रक्रियामार्फत सुधार गर्ने कुरामा विश्वास राख्ने पार्टी भएको उल्लेख गरे ।

विश्वविद्यालय तथा संवैधानिक निकायमा हुने भागबण्डाको अन्त्य गर्ने दाबी गरे । निजामती कर्मचारीमा हुने राजनीतिकरणको पनि बन्द गर्ने उनको भनाइ छ । उनले सुधार र सुशासनमार्फत परिणाम दिन कांग्रेस प्रतिबद्ध रहेको पनि बताए । उनले सुधारको लागि आफूहरुले योजना बनाएको पनि जानकारी दिए । 

सम्बन्धित खबर