२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रौतहट–३ मा कांग्रेससहित विभिन्न दल परित्याग गरी दर्जनौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

shivam cement
कृष्ण तिवारी
२०८२ माघ १७ गते १४:११
Shares
रौतहट–३ मा कांग्रेससहित विभिन्न दल परित्याग गरी दर्जनौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

रौतहट : रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा पछिल्लो समय पार्टी प्रवेश कार्यक्रम तीव्र बन्दै गएको छ । कटहरिया नगरपालिका वडा नम्बर ४ मा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेससहित विभिन्न दल परित्याग गरेका स्थानीय नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्दन कुशवाहा को हातबाट टीका–माला लगाउँदै तबारख मन्सुरी, अबिजान मन्सुरी, नेसरुल्लाह, चान महमद सुसैल, अन्जुर, कमरुदीन, ताजुदीन, समसोदीन, इश्राफुल, मोबारख मन्सुरी, सहिद मन्सुरी, सनाउल्लाह र चन्देश्वर साह कानु लगायतका व्यक्तिहरू पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा सहभागी युवा नेता चन्दन कुशवाहाका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत विभिन्न दल परित्याग गरी दर्जनौं नेता, कार्यकर्ता तथा युवाहरू एमालेमा प्रवेश गरेका छन् । उनका अनुसार क्षेत्रमा विकास, समृद्धि र सुशासनको एजेन्डाले युवाहरू आकर्षित भएका हुन् ।

एमाले पक्षले यसलाई रौतहट–३ मा पार्टीको जनआधार विस्तारको संकेतका रूपमा लिएको छ । उम्मेदवार कुशवाहाले नयाँ प्रवेशीहरूलाई स्वागत गर्दै क्षेत्रको विकासका लागि साझा अभियानमा जोडिन आग्रह गरेका थिए ।

स्थानीय तहको राजनीतिक समीकरणमा भइरहेका यस्ता प्रवेश–निर्गमनले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ ।

सम्बन्धित खबर