२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

दर्जनौं स्थानीय नेता–कार्यकर्ता एमालेमा प्रवेश

shivam cement
कृष्ण तिवारी
२०८२ माघ १७ गते २१:५४
Shares
दर्जनौं स्थानीय नेता–कार्यकर्ता एमालेमा प्रवेश

रौतहट : रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा पछिल्लो समय पार्टी प्रवेश कार्यक्रमहरू तीव्र बन्दै गएका छन् । कटहरिया नगरपालिका वडा नम्बर ४ मा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दल परित्याग गरेका स्थानीय नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् । 

कार्यक्रममा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्दन कुशवाहाले नयाँ प्रवेशीहरूलाई टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरूमा तबारख मन्सुरी, अबिजान मन्सुरी, नेसरुल्लाह, चान महमद सुसैल, अन्जुर, कमरुदीन, ताजुदीन, समसोदीन, इश्राफुल, मोबारख मन्सुरी, सहिद मन्सुरी, सनाउल्लाह र चन्देश्वर साह कानु लगायत रहेका छन् ।

कार्यक्रममा सहभागी युवा नेता चन्दन कुशवाहाका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत विभिन्न दल परित्याग गरी दर्जनौँ नेता, कार्यकर्ता तथा युवाहरू एमालेमा प्रवेश गरेका हुन् । उनका अनुसार क्षेत्रको विकास, समृद्धि र सुशासनको एजेन्डाले युवाहरू आकर्षित भएका छन् । 

एमाले पक्षले यसलाई रौतहट–३ मा पार्टीको जनआधार विस्तारको संकेतका रूपमा लिएको छ । उम्मेदवार कुन्दन कुशवाहाले नयाँ प्रवेशीहरूलाई स्वागत गर्दै क्षेत्रको विकासका लागि साझा अभियानमा जुट्न आग्रह गरेका थिए । 

स्थानीय तहको राजनीतिक समीकरणमा भइरहेका यस्ता पार्टी प्रवेश र निर्गमनले आगामी निर्वाचनको प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर