२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन- फागुन २१ को निर्वाचन नयाँ राजनीतिक संस्कृतिको प्रस्थानविन्दु

shivam cement
२०८२ माघ १९ गते १५:१७
Shares
संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन- फागुन २१ को निर्वाचन नयाँ राजनीतिक संस्कृतिको प्रस्थानविन्दु

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन केवल जनप्रतिनिधि पठाउने प्रक्रिया मात्र नभई नयाँ राजनीतिक संस्कृतिको प्रस्थानविन्दु बनाउनुपर्ने बताएकी छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै राज्यका स्रोत तथा साधन निर्वाचनमा केन्द्रित गरिएको बताइन् ।

उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको बताइन् । उनले जेनजी विद्रोहका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको जानकारी समेत सभालाई गराइन् ।

उनले सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउँदै भ्रष्टाचार न्यूनीकरणमा पूर्ण प्रतिबद्धताका साथ सरकार अघि बढिरहेको दाबी समेत गरिन् ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरणसम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको जानकारी समेत सभालाई गराइन् ।

निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोगका लागि उनले राजनीतिक दलहरुलाई अपिल समेत गरिन् । 

ताजा खबर

सम्बन्धित खबर