२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

ADV
मध्यान्ह
२०८१ साउन १७ गते १०:४६
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

सिराहा : शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ । उनको आज बिहान ७ : ३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा ६९ वर्षको उमेरमा निधन भएको हो ।

शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामत उपचारका लागि आर्थिक संकट भएपछि एक महिना अघि जन्मथलो फर्किएका थिए । उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । 

२०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा जन्मिएका कामत पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए । 

लामो समयसम्म संगीतलाई आफ्नो समय दिएपनि उपचार गराउन आर्थिक रुपमा कमजोर भएपछी उनी स-परिवार आफ्नो गाउँ फर्किएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise