२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

नवलपुरमा रु. २५ अर्ब ४४ करोड राजस्व सङ्कलन

Nada
रासस
२०८१ साउन १७ गते १३:०३
Shares
नवलपुरमा रु. २५ अर्ब ४४ करोड राजस्व सङ्कलन

नवलपरासीः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु. २५ अर्ब बढी राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा रु. २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार राजस्व सङ्कलन गरेको हो । 

ncell

आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तशुल्कतर्फ रु. २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले गत आवमा आयकरतर्फ रु. ६७ करोड ४६ लाख १७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु. ४२ करोड ३१ लाख ३९ हजार, ब्याज रु. छ करोड ९२ लाख ९२ हजार, स्वास्थ्य सेवातर्फ रु. तीन करोड ९२ लाख ८८ हजार, घर बहालतर्फ रु. एक करोड ९२ लाख ८४ हजार र अन्य रु. दुई लाख ४१ हजार राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।

आव २०८०/८१ मा कार्यालयलाई रु. ३७ अर्ब ४१ करोड १५ लाख ५४ हजार राजस्व सङ्कलनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्यको आधारमा गत आवमा ६८ दशमलव ०२ प्रतिशत राजस्व सङ्कलन भएको उनले बताए । आव २०७९/८० को तुलनमा गत आवमा कम राजस्व सङ्कलन भएको उनको भनाइ छ । 

आव २०७९/८० मा रु. २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व सङ्कलन भएको थियो । गत आवमा अन्तशुल्कतर्फ मात्र रु. ३६ अर्ब राजस्व सङ्कलनको लक्ष्य प्रदान गरिएको थियो । खपत बढ्ने अनुमानका साथ धेरै लक्ष्य राखिएकामा अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्तशुल्कको सङ्कलनमा कमी आएको सूचना अधिकारी सुवेदीले बताए । ‘जिल्लामा राजस्व सङ्कलनको ठूलो हिस्सा अन्तशुल्कको रहेको छ । यसमा माग बढेर खपत धेरै हुँदा मात्र राजस्व धेरै हुने हो, सोचे अनुसार खपत नहुँदा राजस्वको लक्ष्य प्राप्ति गर्न सकिएन’, उनले भने, ‘लक्ष्यअनुसार राजस्व सङ्कलन नभए पनि तुलनात्मक रुपमा यो सकारात्मक परिणाम हो ।

ताजा खबर

सम्बन्धित खबर