काठमाडौं : धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हर्क साम्पाङले विगतमा वैदेशिक रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा काम गरेको खुलेको छ । यस पटक सम्पन्न स्थानीय तहको निर्वाचनमा वैदेशिक रोजगारसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका धेरै व्यक्ति निर्वाचित भएका भए पनि उपमहानगरपालिका प्रमुख जस्तो मर्यादाक्रमको माथिल्लो पदमा निर्वाचित हुने साम्पाङ पहिलो व्यक्ति हुन् ।
खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका साम्पाङ महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेपछि केही समय धरानमा अंग्रेजी र कम्प्युटर विषयको ट्युसन पढाउँदा जिविका नचलेपछि वैदेशिक रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पुगेको बताइएको छ ।
उपमहानगरपालिका प्रमुख निर्वाचित भएपछि उनले भनेका छन्, ‘राजनीतिक दलका नेताहरु राम्रो नभएर मात्र हामी आउनु परेको हो । गरिब दुःखीहरुकै हितमा काम गर्छु । सुधार भयो भने म राजनीतिमा रहँदिनँ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies