२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सांगीतिक प्रस्तुति दिन शिव परियार कतारमा

ADV
तिलु शर्मा पौडेल
२०८१ साउन १७ गते १६:४१
सांगीतिक प्रस्तुति दिन शिव परियार कतारमा

दोहा, कतार : सांगीतिक प्रस्तुति दिन भर्षटायल गायक तथा संगीतकार शिव परियार कतार आइपुगेका छन् । कतारमा रात्रिकालीन व्यवसायलाई सफलतापूर्वक सञ्चालन गरिरहेका युवा व्यवसायी तथा समाजसेवीद्वय रमेश केसी (तनहुँ) र सन्दीप भट्टराई (उदयपुर)ले मिलेर सञ्चालनमा ल्याउन लागेको "इन्फिनिटी क्लब"को शुक्रबार हुने समुद्घाटन कार्यक्रममा प्रस्तुति दिन परियार कतार आएका हुन् ।

बुधबार साँझ कतार आइपुगेका परियारलाई स्वागतका लागि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा क्लब सञ्चालक रमेश केसी, कार्यक्रम संयोजक रोशन अर्याल, सञ्चारकर्मी लक्ष्मी दर्नाललगायतका अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए । परियारले कतारमा रहेका नेपालीहरुलाई कार्यक्रममा निमन्त्रणासमेत गरेका छन् । उनका पिउँदिन भन्दा भन्दै पिलायो साथीले, धोकेबाज हौ तिमी, क्या दामी भो, पागल बनायौ प्रिय, अल्लारे मै होलगायत सयौं सुपरहिट गीतहरु रहेका छन् ।

उनले शुक्रबार कतारको पुरानो एयरपोर्ट रोडमा रहेको होटेल स्टाटियोको सातौं तलामा अवस्थित इन्फिनिटी क्लबमा सांगीतिक प्रस्तुति दिनेछन् । शुक्रबार सार्वजनिक बिदाको दिन पारेर समुद्घाटन तथा सांगीतिक कार्यक्रम गर्न लागिएको सञ्चालकहरूले जानकारी दिए । कार्यक्रमको ढोका दिउँसो ४ बजेबाट खुल्ने र साँझ ६ बजेबाट सांगीतिक प्रस्तुति शुरु हुनेछ । कार्यक्रममा प्रवेश शुल्क कतारी रियाल पचास रहेको कार्यक्रम संयोजक अर्यालले  मध्यान्ह दैनिकलाई जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise