२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

ठोरीको विकास बिना चितवनको विकास सम्भव छैन : सोविता गौतम

shivam cement
लालबाबु बानिया
२०८२ फागुन १३ गते २०:४३
Shares
ठोरीको विकास बिना चितवनको विकास सम्भव छैन : सोविता गौतम

पर्सा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा प्रखर वक्ता सोविता गौतमले ठोरीको विकास बिना चितवनको विकास सम्भव नहुने बताउँदै साझा चुनौतीसँग लड्न रास्वपा उम्मेदवार टेकबहादुर शाक्यलाई विजयी गराउन मतदातासमक्ष अपिल गरेकी छिन् । 

पर्साको ठोरी गाउँपालिकाको चौतारामा आयोजित कोणसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै चितवन–२ की प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार समेत रहेकी गौतमले केरुङ–ठोरी नाका जोड्ने, ठोरी भन्सार र हुलाकी सडकजस्ता बहुप्रतीक्षित योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताइन् । 

उनले देशमा नीति र विधिको परिवर्तनमार्फत सुशासन स्थापना गर्ने उद्देश्यले रास्वपाको जन्म भएको स्पष्ट पारिन् । उनले यस भू–भागमा कृषि र सिँचाइ सुविधा नभएको कारण धेरैले यो ठाउँ छोडेर विस्थापित हुनुपरेको उल्लेख गर्दै अब यस्ता समस्याहरू समाधान गर्नुपर्ने समय आएको बताइन् । उनले यस क्षेत्रका सुकुम्बासीहरूको समस्या बुझ्ने कोही नभएको आरोप लगाइन् । 

यहाँ सुकुम्बासीहरूलाई यस क्षेत्रका नेताहरूले भोट बैंकको रूपमा लिएको तर उनीहरूको वास्तविक समस्या कसैले नबुझेको उनको भनाइ छ । 

गौतमले रास्वपा उम्मेदवार टेकबहादुर शाक्य विजयी भए सुकुम्बासी समस्या समाधानका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे । उम्मेदवार शाक्यले ठोरीलगायत समग्र क्षेत्र नम्बर ४ का समस्याहरूलाई प्राथमिकताका साथ उठान गर्दै साझा चुनौती र साझा समस्याहरूमा सहकार्य गरेर यस क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी सयौँको संख्यामा रास्वपामा प्रवेश गरेको जनाइएको छ । नवप्रवेशीहरूलाई फुलमाला र टीका लगाएर प्रमुख अतिथि गौतम तथा क्षेत्र नं. ४ का उम्मेदवार शाक्यले स्वागत गरेका थिए । 

स्वागतका क्रममा ‘छाप छाप घण्टी छाप, अबकी बार बालेन सरकार’भन्ने नारासमेत गुञ्जिएको थियो ।

कार्यक्रममा किशोर तमाङ, कामोध्य चौधरी, धीर सिंह, रामाकान्त चौधरी, जगदीश पटेल, डा. जोगेन्द्र चौरसिया, रोशन पटेल, विनय साह लगायतका वक्ताहरूले पनि मन्तव्य राख्दै रास्वपाको नीति, कार्यक्रम तथा वैकल्पिक राजनीतिक सोचबारे प्रकाश पारेका थिए । 

उनीहरूले पुराना प्रवृत्तिलाई परिवर्तन गरी पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्न नयाँ शक्तिको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए ।

कोणसभा तथा पार्टी प्रवेश कार्यक्रम माधव बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण सन्तोष श्रेष्ठले गरेका थिए । 

सम्बन्धित खबर