२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नयाँ तिज गीत 'लाहुरे भेना' बजारमा (भिडियोसहित)

ADV
तिलु शर्मा पौडेल
२०८१ साउन १७ गते १७:११
नयाँ तिज गीत 'लाहुरे भेना' बजारमा (भिडियोसहित)

दोहा, कतार : लाहुरेसँग बिहे गरेर रेलमा घुम्ने चाहना धेरैको हुन्छ । आफूप्रति लाहुरेहरूले मरिहत्ते गर्ने गरे पनि लाहुरे भेनासँग बिहे गरेर रेलमा घुम्ने चाहना र डर समेतको कथा बोकेको नयाँ तिज गीत 'लाहुरे भेना' बिहीबार सार्वजनिक गरिएको छ ।

रोजगारीको सिलसिलामा भारतमा रहेका पर्वतका सर्जक आयन न्यौपानेको शब्द, संगीत रहेको गीत शिशिर पौडेल युट्युबबाट सार्वजनिक गरिएको हो । विश्वास नेपालले संगीत संयोजन, लक्ष्मण विश्वकर्माको रेकर्डिङ र विनोद परियारको मिक्सिङ मास्टरिङ रहेको उक्त गीत हाल बजारमा आइरहेका तिज गीतहरू भन्दा फरक शैलीको रहेको छ । पूर्णकला बिसी र तेजश रेग्मीको आवाज रहेको गीतको भिडियोको निर्देशन राजकुमार मगरले गरेका हुन् ।

गीतको भिडियोमा विजय बुढा मगरको कोरियोग्राफीमा शिशिर पौडेल, एलिना रायमाझी, गोविन्द विवश र टंक डुम्रेको आकर्षक नृत्यसहित अभिनय हेर्न पाइन्छ । भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने निर्देशक मगरले नै सम्पादन गरेका हुन् ।


ADVADV

सम्बन्धित खबर

Advertise