२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

ADV
मध्यान्ह
२०८१ साउन १७ गते १८:०२
नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

काठमाडौँ  : नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जना प्रदेश प्रमुखलाई शपथ गराएका हुन् ।  

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा दीपकप्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीले शपथ लिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्मतीमा कैलालीका देवकोटा, लुम्बिनीमा रोल्पाका घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise