२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

महिला मतदातालाई निर्वाचन आयुक्त तुलाधरको अपिल : ५ बजेभित्रै मतदान गर्न जानुहोस्

shivam cement
२०८२ फागुन २१ गते १४:१८
Shares
महिला मतदातालाई निर्वाचन आयुक्त तुलाधरको अपिल : ५ बजेभित्रै मतदान गर्न जानुहोस्

काठमाडौं : निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले आम महिला मतदाताहरूलाई आफ्नो घरायसी काम सकेर समयमै मतदान केन्द्रमा पुगी मताधिकार प्रयोग गर्न विशेष अपिल गरेकी छन् ।

तथ्यांकगत रूपमा देशमा महिलाको जनसंख्या बढी भएपनि विगतका निर्वाचनहरूमा महिला मतदाताको मत खस्ने प्रतिशत पुरुषको तुलनामा कम देखिने गरेको रेकर्डलाई मध्यनजर गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

उनले यसपटक महिलाहरूको मतदान प्रतिशत बढाउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् । मतदान गर्न जाँदा मतदाताहरूले परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्ने कुरा पनि उनले स्मरण गराइन् । आयोगले मतदानका लागि ६ वटा विभिन्न परिचयपत्रहरूलाई मान्यता दिएको छ ।

आयुक्त तुलाधरकाअनुसार मतदाताले नागरिकताको प्रमाणपत्र, जग्गाधनी लालपूर्जा, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्रमध्ये कुनै एउटा परिचय खुल्ने कागजात साथमा लिएर गएमा सहज र सरल तरिकाले मतदान गर्न पाउनेछन् । 

आफ्नो अमूल्य मतको सदुपयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन र महिलाहरूको उत्साहजनक उपस्थिति देखाउन उनले आह्वान गरिन् । 

सम्बन्धित खबर