
काठमाडौं : बानेश्वरका सुरेश पण्डित उमेरले ६० वसन्त पार गरे । अशक्त शरिर त्यसमाथी हवील चियारमा उनी परिवारको सहारामा थिए । उनि बिहानै मत हाल्नको लागि श्री रत्न राज्य माध्यमिक विद्यालयमा बुथमा भेटिएका थिए । निकै उत्साहका साथ भोट हालेका थिए । त्यति मात्रै होईन् उनले मतदान गरेको उम्मेदवार निर्वाचित हुने समेत निश्चित गरेका थिए ।
‘परिवर्तनको लागि भोट हाल्न आएको हुँ, भ्रष्टाचार, अराजक भयो,’उनले भनिन्, ‘यो निर्वाचनले देशमा शन्ति ल्याओस ।’ अव देशमा शान्तीको भएको देख्न पाउने उनको चाहना छ । ‘अव संसद जल्ने, रगतको खोली बग्ने समय नआओस,’उनले भने, ‘अव जसको सरकार वनेपनि स्थीर सरकार वनोस ।’
डिल्लीबजार स्थीत पद्यकन्या विद्याश्रम सेकेन्डरी स्कुलमा मतदान गर्न आएकी पुष्पा थापाले सामान्य तर अतिसंवेदनशिल कुराको आश गरेकी छन् । भ्रष्टाचार, महंगीवाट दिक्क भएकी उनी देशमा सुसासन भएको देख्न चाहन्छीन् । ‘मलाई सहजरुपमा ज्ञास र सहुलियत्रुपमा भान्सा गर्न पाईयोस,’ उनले भनिन्, हामी जस्ता सामान्य बर्गको लागि महंगो हटे भयो ।’ उनले पनि अव देशमा परिवर्तन हुनु पर्ने बताईन् । ‘भदौ २३,र २४ गतेको आन्दोलन अव नदोहरियोस, सरकारी भवन जल्न नपरोस, साना बाववालीकाहरु आफना हक अधिकारको लागि वन्दुकको गोलीले ढल्न नपरोस,’ उनले भनिन, अव वन्न सरकार जनताको सरकार वनोस । जेनजी आन्दोलनकै कारण विशेष मतदान हुँदा पनि निकै आशावादी देखिन थिईन् उनी ।
स्थायि सरकार भएर देशमा राम्रो लगानी गर्न चाहन्छन् रञ्जित अग्रवाल । उनी डिल्लीबजार स्थीत मतदान केन्द्रमा भेटिएका उनले भने, ‘हामी उद्योगी व्यवसायको माग के हुन सक्छ र? स्थायि सरकार वनेर देशमा सुरक्षित व्यापार गर्न पाईयोस ।’ देशमा वढी भ्रष्टाचार भएको उनी बताउँछन् । ‘भ्रस्टाचारको अन्तय होस, स्थायि सरकार वनोस,’उनले भने, ‘गत भदौको २३, २४ को जस्तो आन्दोलन अव देख्न नपरोस ।’
जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत हाल्ने अधिकांस मतदाताले परिवर्तनको आशामा मत खसालेको देखिएको छ । केही समय पहिला मोटरसाईकल दुर्घटनामा खुट्टा फरयाक्चर भएका कालीका स्थानका रमेश वुढाथोकी पनि बैशाखी टेकेर मत दान गर्न मतदान स्थल पुगेका थिए । डाक्टरले उनलाई बेड रेस्टको लागि अनुरोध गरेको थियो । तर उनी फरयाक्चर भएको पलास्टर गरेको खुट्टा लिएर उनी मतदान गरेर । ‘परिवतर्नको लागि मतदान गर्न आएको हुँ,’उनले भने, ‘ख्टटा त सञ्चो हुदैँ गर्ला, यो भोट त परिवर्तनको लागि हो ।’ उनले देशमा सुसानसहितको परिवर्तन आउनु पर्ने बताए ।
काठमाडौँमा भतदान गर्ने अधिकांले परिवर्तनको मत भएको बताएका थिए । १८ वर्ष पार गरेका जेनजीदेखि बृद्धबृद्धाहरुले परिवर्तनको लागि मतदान गर्न आएको बताए । त्यति मात्रै होईन् यो भोटले देशमै परिवर्तन आउने समेत दावि गरेका थिए ।
देशको ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान भएको थियो ।
निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ ।
आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलन गरेर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका थिए ।