२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लक्ष्मणको संगीतमा शान्तिश्रीको 'लाग्छ कि लाग्दैन भिसा बरिलै'

ADV
मध्यान्ह
२०८१ साउन १८ गते ११:२९
लक्ष्मणको संगीतमा शान्तिश्रीको 'लाग्छ कि लाग्दैन भिसा बरिलै'

काठमाडौं : लक्ष्मण पोखरेलको संगीतमा लोकप्रिय गायिका शान्तिश्री परियारको स्वर तथा चर्चित गीतकार नारायण रेग्मीको रचनामा तिज गीत 'लाग्छ कि लाग्दैन भिसा बरिलै' सार्वजनिक भएको छ ।

मौलिक लोक भाकामा रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोलाई चर्चित अहिलेका व्यस्त निर्देशक कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् । पछिल्लो समय गाउँ समाजमा मौलाएको विदेश जाने रहरलाई उजागर गरेर निर्माण गरिएको गीतमा आमा छोरीको कथा प्रस्ततु गरिएको छ । छोरी विदेश जान मरिहत्ते गर्ने र आमा छोरीलाई आफ्नै देशमा केही गर्न प्रेरित गर्ने कथामा निर्माण गरिएको गीतमा नायिका रिचा थापाको अभिनय रहेको छ ।

गीतमा गायिका शान्तिश्री परियारलाई कमला पोखरेल, दिपा तामाङ, मनिष राई, अप्सु योगीले गायनमा साथ दिएका छन् । म्युजिक भिडियोमा अशोक थापाको संगीत संयोजन, राजेश श्रेष्ठको रेकर्डिङ, किशोर थापाको मिक्सिङ मास्टरिङ, राहुल बराइलीको नृत्य, उत्सव दाहालको छाँयाकन, मिन रावलको सम्पादन रहेको छ । 
 


ADVADV

सम्बन्धित खबर

Advertise