२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

रौतहट-२ मा विवाद : रास्वपा र नेकपा उम्मेदवारद्वारा पुनः मतदानको माग

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन २२ गते १४:०७
Shares
रौतहट-२ मा विवाद : रास्वपा र नेकपा उम्मेदवारद्वारा पुनः मतदानको माग

रौतहट : रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा मतदान प्रक्रियामा धाँधली र अनियमितता भएको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारहरूले पुनः मतदानको माग गरेका छन् ।

बिहीबार रास्वपाका समर्थकहरूले रौतहटस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । उनीहरूले धाँधली भएको मतदान खारेज गर्न र निष्पक्ष छानबिन गर्न माग गरेका छन् । रास्वपाका उम्मेदवार शेख सगिरले केही मतदान केन्द्रमा आफ्ना प्रतिनिधिलाई बस्न नदिएको तथा मतपेटिका कब्जा गरिएको आरोप लगाए ।

प्रदर्शनकारीहरूले निर्वाचन कार्यालय घेराउ गर्दै “धाँधली भएको मतदान खारेज गर” र “जनताको मतको कदर गर” जस्ता नारा लगाएका थिए ।

No description available.

यसैबीच सोही क्षेत्रका अर्का उम्मेदवार किरण कुमार साहले पनि निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा औपचारिक निवेदन दर्ता गराएका छन् । उनले क्षेत्र नम्बर २ मा भएको निर्वाचन बदर गरी पुनः निर्वाचन गराउन माग गरेका हुन् ।

साहले आफ्नो निवेदनमा केही मतदान केन्द्र नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएको, सर्वसाधारण मतदातालाई प्रवेशमा रोक लगाइएको तथा वास्तविक मतदाताको अनुपस्थितिमा उनीहरूको नाममा एकमुष्ट मतदान गरिएको आरोप लगाएका छन् । साथै विपक्षी उम्मेदवारका प्रतिनिधिलाई डर–धम्की र कुटपिट गरेर केन्द्रबाट बाहिर निकालिएको तथा सुरक्षाकर्मी उपस्थित हुँदाहुँदै पनि अराजक गतिविधि रोक्न नसकिएको उनको दाबी छ ।

No description available.

“लोकतन्त्रमा जनताको मत सुरक्षित हुनुपर्छ। तर यहाँ सेटिङ मिलाएर मत हालिएको छ, यसलाई हामी स्वीकार गर्न सक्दैनौं,” उम्मेदवार साहले सञ्चारकर्मीहरूसँग भने ।

यता मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्राप्त उजुरी र निवेदनमाथि अध्ययन भइरहेको जनाएको छ । कार्यालयले शान्ति–सुरक्षा कायम राख्न र निर्वाचन प्रक्रियालाई कानुनअनुसार अघि बढाउन सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।

रौतहट–२ मा देखिएको विवादका कारण मतगणना प्रक्रिया समेत अन्योलमा परेको छ ।

सम्बन्धित खबर