
उदयपुर : प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रता लिएको छ । निर्वाचन क्षेत्र १ मा कुल मतदाता १ लाख ४२ हजार ८ सय ४ रहेको छ भने जम्मा खसेको मत १० हजार ७ सय ३७ र कुल बदर मत ८ सय ३० तथा कुल सदर मत ९ हजार ९ सय ७ रहेको छ ।
जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयको शुक्रबार राती ८ बजेसम्म जारी मतगणनाको तथ्यांक अनुसार उक्त क्षेत्रमाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारसमणि गेलालले ३ हजार ४ सय ६१ मत प्राप्त गरेको उदयपुर जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।
यस्तै श्रम संस्कृसती पार्टीका उम्मेदवारले १ हजार ८ सय ९९ तथा नेकपा एमालेका उम्मेदवार दुर्गा कुमार थापाले १ हजार ५ सय ७५ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार बलदेव चौधरीले १ हजार २ सय ४१ मत प्राप्त गरेका छन् ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार बिदुर बस्नेतले १ हजार १ सय ८० स्वतन्त्र उम्मेदवार देबराज रोकाले १८ मत प्राप्त गरेका छन् ।राप्रपाका सुवाश चन्द्र खड्काले १ सय ३४ नेमकिपाका विष्ण खत्रीले ९,राष्ट्रिय जनमोर्चाका तिल कुमार राई ६, मंगोल नेशनल अर्गनाईजेशनका बद्री विक्रम राईले १९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी संयुक्त नागरिक पार्टीका सुरेश राईले २१ मत,नेपाल जनमुक्तिीका गोकर्ण राईले १०,नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अमृत बहादुर खत्रीले १२ मत प्राप्त गरेका छन् ।
उज्यालो नेपाल पार्टीका अर्जुन तामाङले ९५,नेपाली जनता दलका कुशेश्वर चौधरीले १२,जसपाका गणेश कुमार राईले १ सय ९७ मत, आम जनता पार्टीका मनोज पौडेलले १०,नागरिक सर्वोच्चता पार्टी नेपालका प्रशान्त राईले ८ मत प्राप्त गरेका छन् ।