२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बलिउड गायक अरिजीत सिंह बिरामी, कन्सर्टहरू रद्द 

ADV
मध्यान्ह
२०८१ साउन १८ गते १२:१८
बलिउड गायक अरिजीत सिंह बिरामी, कन्सर्टहरू रद्द 

काठमाडौँ : चर्चित बलिउड गायक अरिजीत सिंह बिरामी परेका छन् । उनले आफूलाई के भएको र कस्तो खालको रोग लागेको वा सामान्य अवस्था छ त्योबारे केही खुलाएका छैनन् । 

बिरामी भएकै कारण उनले बेलायतमा यही महिना आयोजना हुन लागेका आफ्ना कन्सर्टहरू रद्द गरेका छन् । कन्सर्ट अगस्ट ११ देखि बेलायतका विभिन्न स्थानमा आयोजना हुँदै थियो । कन्सर्ट रद्द गर्नु परेकोमा दुःख व्यक्त गर्दै गायकले आफ्ना फ्यानहरूसँग माफी मागेका छन् ।

पोस्टमा अरिजीतले स्थगित शो आयोजना हुने नयाँ मितिबारे जानकारी दिएका छन् । उनका अनुसार सेप्टेम्बर १५ मा लण्डनमा, १६ सेप्टेम्बरमा बर्मिङ्घममा, सेप्टेम्बर १९ मा रोटरडम र सेप्टेम्बर २२ मा म्यानचेस्टरमा कन्सर्टहरू हुनेछन् ।

अरिजीतले आफूलाई के भएको हो भनेर पोस्टमा केही पनि बताएका छैनन् । तर उनको यो पोस्ट हरेपछि फ्यानहरू चिन्तित छन् । सबैले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । गएको कयौँ वर्षयता बलिउडको पार्श्व गायन क्षेत्रमा उनले एकछत्र राज गर्दै आएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise