काठमाडौं : प्रहरीले नेपाल स्वास्थ्य व्यवसायी महासंघका पूर्व महासचिव जीवन कुमार केसीलाई ठगी मुद्दामा पक्राउ गरेको छ ।
सिर्जना मेडिकल हलका सञ्चालक रहेका केसीलाई २०७५ सालमा गोकर्ण विष्ट श्रम मन्त्री हुँदा मलेसिया कामदार पठाउँदा ठगी गरेकोे अभियोग छ । मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकृत ३६ मध्ये केसी सञ्चालक रहेकोे सिर्जना मेडिकलमा पनि प्रहरीले छापा मारेको थियो ।
उनी अदालतमा हाजिर भएका थिएनन् । विपक्षी बनाइएका अन्य मेडिकल सञ्चालकहरूले उच्च अदालतबाट सफाइ पाइसकेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies