२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वेस्टर्न मेगा कलेजमा प्रदेशस्तरीय पौडी प्रतियोगिता हुँदै

ADV
निसान्त पाठक
२०८१ जेठ २५ गते १९:१०
वेस्टर्न मेगा कलेजमा प्रदेशस्तरीय पौडी प्रतियोगिता हुँदै

रुपन्देही : पश्चिम क्षेत्रकै पहिलो होटल व्यवस्थापन कलेज वेष्टर्न मेगा कलेजले प्रदेशस्तरीय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार ११ र १२ गते बुटवल १५ ढवाहामा रहेको वेस्टर्न मेगा कलेजको प्राङ्गणमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष मेघराज पन्थले विद्यार्थीलाई सीपसँग जोडेर प्रदान गरिने शिक्षाले रोजगारीको समेत अवसर प्रदान गर्ने भएकाले सीपमुलक शिक्षा कार्यक्रम सञ्चालन गरेको बताउँदै आगामी दिनमा कलेजले सूचना प्रविधिको क्षेत्रमा समेत पठनपाठनको तयारी भइरहेको बताए ।

पौडी प्रतियोगितामा नेपाल अधिराज्यभरिका कक्षा १२ दिएर बसेका विद्यार्थीहरूले भाग लिन पाउने कलेजले बताएको छ । पौडी प्रतियोगिताको विजेतालाई १५ हजार रूपैयाँ र उपविजेतालाई १० हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने कलेजले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क पाँच सय रुपैयाँ लाग्ने र असार ७ गतेभित्र नाम दर्ता गराउनुपर्ने कलेजले बताएको छ । प्रतियोगितामा पहिला दर्ताको आधारमा एक सय जना विद्यार्थीलाई प्रतिस्पर्धा गराइने कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले जानकारी दिए ।

पौडी प्रतियोगितामा भाग लिनका लागि कलेजको प्रशासन शाखा अथवा अनलाइन माध्यमबाट फारम भर्न सकिने कलेजले बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise