२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हेराल्ड बास्केटबलमा ९७ टिमले प्रतिस्पर्धा गर्ने

ADV
मध्यान्ह
२०८१ जेठ २५ गते १९:२६
हेराल्ड बास्केटबलमा ९७ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं : ‘हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिता’ शनिबारदेखि शुरु हुने भएको छ । हेराल्ड इन्टरनेशनल कलेजको आयोजनामा हुन गइरहेको उक्त प्रतियोगितामा ९७ टिमको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा हेराल्डका अध्यक्ष कपिल ज्ञवालीले ब्वाइजमा ६४ तथा गर्ल्समा ३३ गरी ९७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने बताए ।

प्रतियोगितामा दुबै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ । सहभागी सबै खेलाडीले छात्रवृत्ति भने पाउनेछन् । विजेताले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र बाँकीले ५० प्रतिशत छात्रवृत्ति पाउने बताइएको छ । दुई दिनसम्म चल्ने उक्त प्रतियोगिता हेराल्डको धापासीस्थित आफ्नै कोर्टमा खेलाइने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise