२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

विपन्न परिवारकी रिता देवीको उपचारका लागि सञ्चारकर्मी पौडेलको सहयोग

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत २ गते १९:०५
Shares
विपन्न परिवारकी रिता देवीको उपचारका लागि सञ्चारकर्मी पौडेलको सहयोग

रौतहट : रौतहटको गौर नगरपालिका–५ निवासी एक विपन्न परिवारकी महिला रिता देवीको उपचारका लागि स्थानीय सञ्चारकर्मी तथा समाजसेवीले आर्थिक सहयोग गरेका छन् । पित्तथैलीसम्बन्धी गम्भीर समस्याबाट पीडित रिता देवी उपचारका लागि आर्थिक अभाव झेलिरहेको अवस्थामा सोमबार उनलाई नगद सहयोग प्रदान गरिएको हो ।

सञ्चारकर्मी तथा इन्टर नेशनल बाल एकेडेमीका प्रमुख सन्तोष पौडेलले व्यक्तिगत रूपमा २० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका हुन् । बिरामीको अवस्थाबारे जानकारी पाएपछि मानवीय भावनाले प्रेरित भएर सहयोग गरेको उनले बताए ।

लामो समयदेखि पत्रकारितासँगै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका पौडेलले अप्ठ्यारो अवस्थामा रहेका असहाय र आर्थिक रूपमा कमजोर नागरिकलाई सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको बताए । उनले आफ्नो सहयोगले बिरामीको उपचार प्रक्रियामा केही राहत पुग्ने विश्वास व्यक्त गरे ।

आर्थिक अवस्था कमजोर भएकै कारण उपचार खर्च जुटाउन कठिनाइ भइरहेको अवस्थामा प्राप्त सहयोगले रिता देवीको परिवारलाई ठुलो राहत मिलेको बताइएको छ । परिवारले पौडेलप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले उपचारलाई निरन्तरता दिन हौसला मिलेको प्रतिक्रिया दिएको छ ।

पौडेलले यसअघि पनि विभिन्न समयमा विपन्न, असहाय र समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएका छन् । उनको यस कदमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीको भनाइ छ ।

स्थानीय समाजसेवीहरूका अनुसार यस्ता मानवीय कार्यले अरूलाई पनि सामाजिक सेवामा प्रेरित गर्ने र विपन्न वर्गप्रति सहानुभूति बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । अहिले गौर नगरपालिका तथा आसपासका क्षेत्रमा पौडेलको यस पहलको प्रशंसा भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर