२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

१०६ दिनमै ढल्यो सुदूरपश्चिम सरकार

ADV
शिव विक
२०८१ साउन १९ गते ०६:५५
१०६ दिनमै ढल्यो सुदूरपश्चिम सरकार

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएसँगै प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टका अनुसार नयाँ सरकार गठन गर्नका लागि आइतबार ५ बजेसम्म दाबी पेस गर्न समय दिइएको छ ।

भट्ट वक्तव्य निकालेर नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान भएको जानकारी दिए । 

निवर्तमान सोडारीले शुक्रबार प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने बताएका थिए । तर, बहुमत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन् । 
नेकपा एकीकृत समाजवादीका सोडारी नेतृत्वमा गत वैशाख ६ गते बनेको सुदूरपश्चिम प्रदेश सरकार को सरकार १०६ दिनमै ढलेको हो । त्यसबेला उनी एमाले, माओवादीलगायत दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । 

नेताहरूका अनुसार अब नयाँ गठबन्धनअनुरूप नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ । उक्त सरकारमा एमालेले समर्थन र सहभागिता रहनेछ । 

कांग्रेस र एमालेबीच संघीय सरकार बनाउने गरी गत असार १७ गते सहमति भएसँगै सुदूरपश्चिम प्रदेश सरकारमा समेत असार २० गते नेकपा एमालेले समर्थन फिर्ता लिएको थियो । 

एमालेले समर्थन फिर्ता लिएपछि सोडारीले एक महिनासम्म अल्पमतको सरकार चलाए । संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको एक महिनाभित्र संसदमा बहुमत सिद्ध गरिसक्नुपर्छ । यही संवैधानिक सुविधा लिँर्दै सोडारीले नेपाली कांग्रेस र नेकपा एमालेको मिलनले बहुमत जुटाउने स्पष्ट आधार हुँदा पनि प्रदेश सरकारलाई बजेट होली डेमा राख्दै सरकार लम्ब्याए ।

अल्पमतमा रहेका सोडारीले एक महिना सत्ता लम्ब्याए पनि अन्तिममा नाउपाका दुई सांसदको पनि साथ गुमाए । विशेष अधिवेशनमा सहभागी नहुने सरकारको रणनीति विपरित प्रदेश सभा बैठकमा सहभागी नाउपाबाट सरकारमा सामेल कृषिमन्त्री टीका थापालाई सोडारीले बर्खास्त गरे । 

नाउपाबाटै सरकारमा सामेल भौतिक पूर्वाधारमन्त्री कैलाश चौधरीले पनि मुख्यमन्त्री सोडारीलाई राजीनामा बुझाए । उनीहरु दुवै नाउपा अध्यक्ष रञ्जिताको निर्देशनमा सरकारमा गएका थिए । 

५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ । जो कांग्रेस र एमालेसँग रहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise