२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

नवीन पौडेल र गीता भट्टराईले ल्याए ‘घुम्न जाउँ मायालु’

shivam cement
२०८२ चैत ६ गते १२:५२
Shares
नवीन पौडेल र गीता भट्टराईले ल्याए ‘घुम्न जाउँ मायालु’

काठमाडौं : गायक नवीन पौडेल र गायिका गीता भट्टराईको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत घुम्न जाउँ मायालु सार्वजनिक गरिएको छ । मौलिक झ्याउरे लयमा आधारित उक्त गीत भट्टराईकै आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–स्रोतामाझ ल्याइएको हो ।

राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ लोकगायक खड्ग गर्बुजा र कृष्ण कँडेल ले संयुक्त रूपमा गीतको भिडियो सार्वजनिक गरेका थिए । गीतमा शब्द स्वयं गीता भट्टराईले लेखेकी हुन् भने संगीत संयोजन सरोज विरही कार्की ले गरेका छन् ।

पश्चिम नेपालमा प्रचलित झ्याउरे भाकालाई आधुनिक प्रस्तुतीकरणसहित गीतमा समेटिएको छ । प्रेम र रोमान्ससँगै ग्रामीण जीवनशैलीको झल्को दिने गीतले मौलिक संस्कृतिलाई पुनः उजागर गर्ने प्रयास गरेको देखिन्छ ।

कार्यक्रममा गायक पौडेलले नेपाली लोकसंगीतको मौलिकता जोगाउनु आफूहरूको प्राथमिकता रहेको बताए । उनले झ्याउरे भाकाको प्रयोगले हराउँदै गएको सांगीतिक परम्परालाई पुनर्जीवित गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, गायिका भट्टराईले आफ्नो सिर्जनाले लोकसंगीतप्रेमीको मन जित्ने अपेक्षा व्यक्त गरिन् ।

गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको छ । मिलन श्रेष्ठ को निर्देशनमा तयार भिडियोमा मौलिक पोशाक, नृत्य र नेपाली प्राकृतिक दृश्य समेटिएका छन् । यसले गीतको भाव र शीर्षकअनुसारको ‘घुम्न’ को अनुभूति दर्शकसम्म पुर्‍याउन सफल भएको छ ।

ताजा खबर

सम्बन्धित खबर