२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जयपृथ्वी नगरपालिकाका आठ विद्यालयमा आइसीटी ल्याव बन्दै

ADV
सत्यराज सिंह
२०८१ जेठ २५ गते २२:०८
जयपृथ्वी नगरपालिकाका आठ विद्यालयमा आइसीटी ल्याव बन्दै

बझाङ : शिक्षकहरुका लागि आधारभूत कम्प्युटर सीप सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न भएको छ । 

प्रगतिशिल युवा समाजको आयोजना तथा वल्र्डभिजन इन्टरनेशनल नेपालको लेटस परियोजनाको आर्थिक सहयोगमा सञ्चालन गरिएको ६ दिने तालिम शुक्रबारसम्पन्न भएको छ । जयपृथ्वी नगरपालिकाभित्र रहेका ८ वटा विद्यालयको शैक्षिक गुणस्तर उकास्ने र शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको उक्त परियोजनाले शिक्षकहरुका लागि पुनर्ताजगी तालिम सञ्चालन गरेको सामाजिक परिचालक उमेश विष्टले जानकारी दिए ।

तालिममा जयपृथ्वी नगरपालिका भित्रका ८ वटा विद्यालयका १० जना शिक्षकहरुको सहभागिता रहेको थियो । शिक्षकहरुलाई विद्यालयमा आइसीटी ल्याव स्थापना भएपछि कसरी पठनपाठन गर्ने, सफ्ट्यरमार्फत कसरी अध्यापन गर्ने तथा आइसीटीको पूर्ण प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको विष्टले बताए ।

प्रगतिशिल युवा समाजले जयपृथ्वी नगरपालिकाका ८ वटा विद्यालयबाट ५/५ जना गरी ४० जना शिक्षकलाई तालिम दिने र दोस्रो चरणको तालिम आइतबारबाट सञ्चालन संस्थाले जनाएको छ । जयपृथ्वी नगरपालिकाका ८ वटा विद्यालयमा आइसीटी ल्याव निर्माण समेत गर्न लागिएको सामाजिक परिचालक विष्टले जानकारी दिए । 

जसमा जयपृथ्वी नगरपालिका वडा नं. १ को नारायण मावि, ३ को पाण्डु मावि, ४ को बालविबास मावि, ६ को भवानी मावि, ७ को सुनिपिपल चौर मावि, ८ को शिशु आधारभूत विद्यालय, ११ को सुर्मा आधारभूत विद्यालय र निलकट्टी मावि दैकुमला रहेका छन् ।

निलकट्टी मावि दैकुमलाको शिक्षक राजेन्द्र प्रसाद उपाध्याले प्रविधिको बढ्दो प्रयोगलाई शिक्षा क्षेत्रमा समावेश गराउन आवश्यक रहेको भन्दै प्रगतिशिल युवा समाजले शिक्षकका लागि उपलब्ध गराएको यो तालिमले ठूलो सघाउ पुगेको बताए । साथै आगामी दिनमा आइसीटी ल्यावको स्थापनापछि विद्यालयमा प्रविधीको पूर्णरुपमा प्रयोगगरी अध्यापनमा विद्यालय लाग्ने समेत उनले बताए ।  

समापन कार्यक्रममा बोल्दै लेटस परियोजनाकी कार्यक्रम संयोजक जमुना श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तरलाई प्रभावकारी बनाउन र विद्यार्थीहरुलाई प्रविधिसँग जोडेर जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त परियोजना लागु भएको बताइन् । शिक्षकहरुले आगामी दिनमा आइसीटीमार्फत अध्ययन गराउँदा विद्यार्थीहरुको सिकाइको स्तरका विकास हुने र शिक्षकहरुको समेत क्षमतामा विकास हुने समेत उनको भनाइ छ । 

समापन कार्यक्रममा बोल्दै प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले परियोजनाले शिक्षाको क्षेत्रमा देखेका सम्भावनालाई सफल बनाउन विद्यालय र शिक्षकहरुको ठूलो भूमिका रहने भएका कारण आफुले सिकेको सीपलाई पूर्णरुपमा प्रयोगमा ल्याउन अनुरोध गरेका छन् । 

कतिपय विद्यालयले प्रविधिको प्रयोग गर्न नसक्दा आइसीटी ल्याव त्यसै थन्किने र प्रयोगमा नआउने समस्या भएका कारण विद्यालयले यसको प्रयोगमा निरन्तरता दिन आवश्यक रहेको अध्यक्ष केसीको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise