काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।
नेपाल एक सय ६८ औं स्थानवाट झरेर एक सय ७६ औं स्थानमा पुगेको हो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो नम्बरमा छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत एक सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स एक सय ५६ औं स्थानमा रहेको छ ।
नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । नयाँ वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ । बेल्जियम दोस्रो, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies