२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

को हुन् नवनियुक्त श्रममन्त्री साह ? 

himalayanlife
२०८२ चैत १३ गते १३:३८
Shares
को हुन् नवनियुक्त श्रममन्त्री साह ? 

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दीपककुमार साहले पाएका छन् ।

बालेन्द्र शाहको नेतृत्वमा आज गठन भएको मन्त्रिपरिषद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित साह श्रममन्त्री बनेका हुन् ।

२०४७ साल चैत १० गते महोत्तरीमा जन्मिएका ३५ वर्षीय साह महोत्तरी गाउँपालिकाका हुन् । 

राजनीतिमा परिवर्तन र सुशासनको एजेन्डा लिएर मैदानमा उत्रिएका साहको पृष्ठभूमि व्यावसायिक र प्राज्ञिक क्षेत्रमा छ । उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका छन् । 
उनले विश्वकै प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनबाट शिक्षा हासिल गरेका छन् ।

 उनले विश्व स्वास्थ्य संगठन र एफएचआई ३६० जस्ता ख्यातिप्राप्त संस्थामा काम गरिसकेका छन् ।

साहले स्वास्थ्य सेवामा सुधार, युवा स्वरोजगार र भ्रष्टाचारमुक्त प्रशासनलाई प्राथमिकतामा राखेका छन् ।

ताजा खबर

सम्बन्धित खबर