२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान गर्ने नवनियुक्त श्रममन्त्री साहको प्रतिबद्धता

himalayanlife
२०८२ चैत १३ गते १४:५२
Shares
वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान गर्ने नवनियुक्त श्रममन्त्री साहको प्रतिबद्धता

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा दीपककुमार साहले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार सम्हाल्दै मन्त्री साहले सीपमूलक तालिमलाई प्राथमिकतामा राख्ने बताएका छन् । उनले नेपाली कामदारलाई दक्ष बनाएर वैदेशिक रोजगारीमा पठाउने आफ्नो मुख्य योजना रहेको उल्लेख गरे ।

मन्त्री साहले वैदेशिक रोजगारीमा रहेका तथा समस्यामा परेका कामदारको पक्षमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

पदभार ग्रहणसँगै उनले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको पाँच वर्षे रणनीतिक योजना सम्बन्धी फाइल सदर गर्दै कार्य प्रारम्भ गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर