२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

स्मार्ट प्यालेसमा पूर्णबहादुर कांग्रेसको छुुट्टै भेला किन ?

Nada
जीवन शर्मा
२०८२ चैत १६ गते १२:५१
Shares
स्मार्ट प्यालेसमा पूर्णबहादुर कांग्रेसको छुुट्टै भेला किन ?

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना पक्षका नेताहरूलाई बोलाएर छलफल गर्ने तयारी गरेका छन् । उनले विशेष महाधिवेशनको विपक्षमा रहेका जिल्ला सभापतिसहित केन्द्रीय नेताहरूसँग छलफलको तयारी गरेका हुन् ।

ncell

पार्टीमा आगामी दिनमा कसरी जाने भन्ने विषयमा रणनीति तयार गर्न नेताहरूलाई बोलाइएको खड्काले बताए । उनले भने, ‘हामीले जिल्ला र केन्द्रका साथीहरूलाई भोलि बोलाएका छौं । त्यही छलफलपछि कसरी अघि बढ्ने भन्ने रणनीति तय हुन्छ ।’  

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारीमा रहेका खड्काले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरू र केन्द्रीय नेताहरूलाई बोलाएका हुन् । ‘१७ चैतमा स्मार्ट प्यालेस धुम्बाहराहीमा पार्टी केन्द्रीय समितिको बैठक बोलाएका छौं’, खड्काले बताए ।  

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि खड्काले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका थिए । उनलाई अर्को पटक कार्यवाहक सभापतिका हैसियतमा विज्ञप्ति जारी गरे कारबाही गर्ने नेपाली कांग्रेस केन्द्रीय समितिले चेतावनी दिएको छ । नेपाली कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको छ ।

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकलगत्तै, प्रदेश, जिल्ला भेला र युवा भेला समेत गर्ने खड्काको तयारी छ । 

गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनमा कोशी प्रदेश सभापति उद्धव थापा, मधेश प्रदेश सभापति कृष्ण यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर सहभागी भएका थिएनन् ।

उनीहरूमध्ये थापा, यादव र बानियाँ प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए । यसरी समानान्तर गतिविधि हुन थालेपछि कांग्रेसभित्रको किचलोले पार्टी फुटको दिशामा जान सक्ने आम कार्यकर्ताहरूको चिन्ता छ ।

ताजा खबर

सम्बन्धित खबर