२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

संवादहीनताले कांग्रेसमा बढ्दो कलह

Nada
जीवन शर्मा
२०८२ चैत १७ गते २१:३६
Shares
संवादहीनताले कांग्रेसमा बढ्दो कलह

काठमाडौं : सोमबार नवनिर्वाचित सांसदहरूलाई बधाई दिने कार्यक्रम राखेका नेपाली कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षधरले मंगलबार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाए । 

ncell

धुम्बहाराहीस्थित स्मार्ट प्यालेसमा बसेको संस्थापन इतर समुहका नेताहरूको बैठकले पार्टीमा संवादहिनताको स्थिति बनेकाले छुट्टै भेला गर्नुपरेको दाबी गरेका छन् । वर्तमान संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउवापक्षका नेताहरूसँग संवाद र सहमतिमा नआउने अवस्था बनेपछि आफ्नो पक्षका नेताहरूबीच छलफलमा जुटेको बताएका छन् । 

यो छलफलले आगामी रणनीति बनाउने उनिहको दाबी छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरले समानुपातिक सांसद चयनमा आफूहरूलाई अन्याय गरेको टिप्पणी गरे । विशेष महाधिवेशनबाट आएका पदाधिकारीले नियम विपरीत काम गरेको उनको दाबी छ । ‘समानुपातिक सांसद चयनमा विशेष महाधिवेशनवालाले नियमित विपरीत काम गरेका छन्’, उनले भने, ‘पिछडिएको क्षेत्रमा एक नम्बरको विद्या तिमिल्सिनाको नाम हटाएर कल स्टरमै नाम नभएको पुरुष खस आर्य कोटाको ७ नम्बरमा नाम भएको कालीबहादुर सहकारीलाई ल्याइएको छ । दलित कोटाको समानुपातिक सूचीको पुरुषतर्फ पहिलो नम्बरमा रहेका मानबहादुर नेपालीलाई पनि अन्याय गरिएको छ ।’ 

कांग्रेसमा पछिल्लो पटक बढ्दै गएको किचलोलाई साम्य पार्न शीर्ष नेताहरूबीच आपसी संवादहिनताको अवस्था सृजना भएको देखिन्छ । संस्थापन पक्षका नेताहरूले पार्टीका सबै पक्षलाई मिलाएर लोने जिम्मेवारी भएपनि नेताहरूबीच कुनै सांवाद नभएको नेता रामहरि खतिवडाले बताए । ‘पार्टीले चुनाव हार्नुुको कारण र  भविश्यको स्थानीय तथा प्रदेशका निर्वाचन समेत विग्रहन सक्ने अवस्थालाई ख्याल गरेर नेताहरू छलफलमा जुट्नुुभएको हो’, उनले भने, ‘हामी कसैलाई अपमान नहुनेगरी सबै मिलेर जानुपर्छ भन्नेमा छौं । तर, विशेष महाधिवेशनबाट आएका नेताहरूको त्यो मनस्थिति नदेखिएपछि विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूबीच छलफल जारी छ ।’ 

नेता पूर्णबहादुर र शेखर कोइराला पक्षको बैठक बुधबार समेत राखिएको छ भने विहीबार जिल्ला आफ्ना पक्षका जिल्ला सभापतिहरूलाई बोलाएका छन् । यो भेलालले कांग्रेसभित्रको किचलो थप बढ्दै जाने देखिएको छ । 

 संस्थापन इतर समहले समानान्तर गतिविधि चलाउँदैजाँदा संस्थापन पक्षले प्रतिनिधि सभा निर्वाचन र पार्टीको अबको बाटोबारे समीक्षा गर्न सहमहामन्त्रीहरूलाई प्रदेशहरुमा जिम्मेवारी तोकेको छ । महामन्त्री प्रदीप पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै ७ मध्ये ६ प्रदेशमा सहमहामन्त्री खटाइएको जानकारी दिए । केन्द्रीय कार्यसमितिको चैत १० र ११ गते सम्पन्न बैठकको निर्णय अनुसार खटाइएको विज्ञप्तिमा उल्लेख छ । ७ वटै प्रदेशमा कांग्रेसको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा क्षेत्रगत समीक्षा र अबको बाटोबारे छलफल गर्न सहमहामन्त्रीलाई जिम्मेवारी दिइएको हो ।

ताजा खबर

सम्बन्धित खबर