२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

फिल्म ‘रोल नं १’ निर्माण घोषणा

ADV
मध्यान्ह
२०८१ साउन २० गते १४:०२
फिल्म ‘रोल नं १’ निर्माण घोषणा

काठमाडौं : बाल मनोविज्ञानमा आधारित रहेर फिल्म ‘रोल नं १’ निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।

फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहने छ । फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरुलाई पढाईरहेकी एक शिक्षिका देख्न सकिन्छ ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको संगीत रहने छ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ । यो व्यानरको अर्को फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को सुटिङ पूरा भइ यतिबेला पोस्ट प्रोडक्सनमा छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise