२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण : मन्त्री बुढा

ADV
कुलेन्द्र शाही
२०८१ साउन २० गते १६:११
दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण : मन्त्री बुढा

सुर्खेत : कर्णाली प्रदेशकी जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले आगामी दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्ने बताएकी छन् ।

आइतबार पदभार ग्रहण गर्दै मन्त्री बुढाले हाल कर्णालीका ८३.१३ प्रतिशत घरधुरीमा विद्युतीकरण पुगेको बताउँदै आगामी दुई वर्षभित्र त्यसलाई शतप्रतिशतमा पुर्‍याइने बताइन् ।

‘दिगो विकास लक्ष्य–२०३० तथा संघीय सरकारले पनि दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको छ,’ मन्त्री बुढाले भनिन्, ‘उक्त लक्ष्य प्राप्तिका लागि प्रदेश सरकार आवश्यक रणनीति र कार्ययोजनासहित अघि बढ्छ ।’ उनले दुई वर्षभित्र कर्णालीलाई पूर्ण विद्युतीकरणका लागि कर्णाली जलविद्युत कार्ययोजना–२०८१ तयार गरेर लागू गरिने बताइन् ।

‘सौर्य मिनी ग्रीड आयोजना, लघु तथा साना जलविद्युत आयोजना निर्माण तथा पुनस्थापना र घरायसी सौर्य उर्जा प्रविधिजस्ता भौगोलिक बनावट अनुकूल आयोजनाहरु कार्यान्वजयन गरिनेछ,’ मन्त्री बुढाले भनिन्, ‘उक्त कार्ययोजना कार्यान्वयनका लागि तीन तहका सरकार र संवद्ध विकास साझेदारहरुसँग समन्वय र सहकार्यलाई निरन्तरता दिइनेछ ।’

ADVADV

सम्बन्धित खबर

Advertise