२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कतारमा शिव परियारले मच्चाए धमाका

ADV
तिलु शर्मा पौडेल
२०८१ साउन २० गते २१:०९
कतारमा शिव परियारले मच्चाए धमाका

दोहा, कतार : सांगीतिक प्रस्तुति दिन कतार आइपुगेका भर्षटायल गायक तथा संगीतकार शिव परियारले कतारमा धमाका मच्चाएका छन् । कतारमा रात्रिकालीन व्यवसायलाई सफलतापूर्वक सञ्चालन गरिरहेका युवा व्यवसायी तथा समाजसेवीद्वय रमेश केसी (तनहुँ) र सन्दीप भट्टराई (उदयपुर)ले मिलेर सञ्चालनमा ल्याएको ‘इन्फिनिटी क्लब’को समुद्घाटन कार्यक्रममा शुक्रबार राति परियारले धमाका मच्चाएका हुन् ।

गैरआवासीय नेपाली संघ (एनसीसी) कतारका अध्यक्ष रमेश भट्टले केक काटेर समुद्घाटन गरेको क्लबको स्टेजमा परियार मध्यराति ११ बजे उक्लिएका थिए । उपस्थित दर्शक तथा आयोजकलाई सम्मान प्रदान गर्दै ‘नभेटी नभेटी’बाट उनले आफ्नो गायन शुरु गरे । करिब २ घण्टामा डेढ दर्जन गीत गाएका परियारले दर्शकबाट साथ मात्र होइन वान्स मोर पनि पाइरहे । उनले आफ्नो प्रस्तुति हेर्न आएका दर्शकलाई खुसी बनाउँदै आफ्ना हिट नम्बरहरू दोहोर्‍याएर गाए । साना महर्जनले केही आफ्ना सांगीतिक प्रस्तुति राखेको कार्यक्रममा करिना मगर र रञ्जना मगरलेसमेत आफ्ना प्रस्तुति राखेका थिए ।

रात्रिकालीन जीवनमा रमाउन चाहनेहरूका लागि क्लब आकर्षक गन्तव्य बन्न सक्ने बताउँदै अध्यक्ष भट्टले व्यावसायिक सफलताको शुभकामना व्यक्त गरे । कतारको पुरानो एयरपोर्ट रोडमा रहेको होटेल स्टाटियोको सातौं तलामा अवस्थित क्लब करिब एक साल पहिले अर्मानि एक्स लन्ज एन्ड बार सञ्चालनमा ल्याएका सञ्चालकद्वयले मिलेर सञ्चालनमा ल्याएका हुन् ।

समुद्घाटन तथा सांगीतिक माहोलमा रम्न व्यवसायी, समाजसेवी तथा नेपाली जनसम्पर्क समिति कतारका संस्थापक सभापति एवम् महासमिति सदस्य नरेन्द्र भाट, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेलसहित विभिन्न तह तप्काका व्यक्तित्वहरूसहित दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई रोशन अर्यालले सहजीकरण गरेका थिए ।

दोहाको मुटुमै रहेको क्लब प्रवेशमा सहजताका लागि कुनैपनी किसिमको शुल्क नलाग्ने, मेम्बरसिप कार्डको जरुरत पनि नपर्ने, तर क्लब प्रवेशका लागि २१ वर्ष कटेको, म्याद भएको कतारी आईडी कार्ड या पासपोर्ट भने आवश्यक पर्ने सञ्चालकले जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise