२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हसिना शासनको अन्त्य

ADV
दिवाकर अधिकारी
२०८१ साउन २२ गते ०६:५०
हसिना शासनको अन्त्य

काठमाडौं : बंगलादेशमा शेख हसिना नेतृत्वको शासन अन्त्य भएको छ । 

गत महिना सुरु भएको आरक्षणविरोधी आन्दोलनले उग्रता लिएपछि हसिना प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य मात्र भइनन् उनी देशै छोडेर भागेकी छन् । 

यसरी सत्ता परिवर्तनका लागि जनता जागे पुग्छ भन्ने ज्वलन्त तथ्य बन्न पुगेको छ, बंगलादेशको राजनीतिक घटनाक्रम । विद्यार्थीहरूको आन्दोलनकै कारण १५ वर्षदेखि एकछत्र सरकारको नेतृत्व रहेकी शेख हसिना देशै छोड्न बाध्य भएकी हुन् । 

सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट ढाकामा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो । उक्त सम्बोधन नहुँदै प्रधानमन्त्री हसिना देश छोडेर भाग्न बाध्य भइन् । 

हसिना भागिसकेपछि सम्बोधन गरेका बंगलादेशका सेनाप्रमुखले प्रधानमन्त्रीले राजीनामा दिएको र अब नयाँ अन्तरिम सरकार गठन गरिने बताएका हुन् । 

सोमवार बिहानैदरेखि ढाका विश्वविद्यालय, बंगलादेशी टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको थियो । उच्च सुरक्षा सर्तकताका बाबजुत प्रदर्शनकारीहरू रोकिएनन् । 

हसिना सेनाको हेलिकोप्टरमा चढेर भागेपछि प्रदर्शनकारीहरू उनको सरकारी निवासमै  प्रवेश गरे । प्रधानमन्त्रीको सरकारी निवासका सामानहरू प्रदर्शनकारीहरूले बोकेर हिँडका तस्विरहरु सार्वजनिक भएका छन् ।

७६ वर्षीया हसिना २००९ देखि मुलुकमा शासन सत्ताको नेतृत्वमा थिइन् । 

पछिल्लो पटक हसिनाले गत जनवरी ७ मा चौथोपटक लगातार चुनाव जितेर सत्तामा पकड बनाएकी थिइन् । चुनावका बेला चुनावमा विपक्षीलाई चुनावमा भाग नै नलिने वातावरण बनाएकी थिइन् । त्यसको ७ महिना नबित्दै हसिनाले देश नै छाड्नुपरेको हो । योसँगै बंगलादेशमा सबैभन्दा लामो समय सत्ता चलाएकी हसिनाको शासन अन्त्य भएको छ । 

हसिनाले बंगलादेशको आर्थिक उन्नतिमा भने काम गरेको कतिपयको दाबी छ । तर, आर्थिक उन्नतिमा भूमिका खेलेको भाष्यलाई देखाएर राजनीतिक शक्ति केन्द्रिकृत गर्न खोज्दा सत्ताच्युत नै हुनुपरेको हो ।

नेपाली नाकामा सुरक्षा सतर्कर्ता 

बंगलादेशको राजनीतिक घटनाक्रमपछि नेपाली नाकामा समेत सुरक्षा सतर्कर्ता बढाइएको छ । 

गृहमन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सतर्कता बढाएको छ । 

कोशी प्रदेश र अन्य सीमा क्षेत्रमा सशस्त्र प्रहरी फौजको समेत संख्या बढाइएको हो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार बंगलादेशमा बढेको तनावसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले थप सतर्कता र सुरक्षा बढाएको हो । विशेषगरी कोसी प्रदेश र अन्य सीमा क्षेत्रमा फौजको संख्या समेत बढाइएको छ । सीमा क्षेत्रमा चेकजाँच र गस्ती पट्रोल र निगरानी समेत बढाइएको छ । 

भारतमा पनि बंगलादेशसँग जोडिएको सीमा क्षेत्रमा सुरक्षा बललाई हाइ अलर्टमा बस्न भारत सरकारले निर्देशन दिएको छ । त्यसपछि नेपालले पनि नाकामा सुरक्षा सर्तकर्ता अपनाएको हो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरुले पनि पाठ सिक्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘म यत्ति भन्छु, हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरुले ठान्नु दुर्भाग्यपूर्ण भन्ने कुरा नेपाली शासकहरुले बुझ्दा राम्रो हुन्छ ।’

माओवादी अध्यक्ष प्रचण्डले आफूहरु संविधान संशोधनको विरोधी नभएको बताएका छन् । तर सत्तारुढ कांग्रेस–एमालेले गर्न खोजेको संविधान संशोधन र आफूहरुले चाहेको संशोधनमा फरक रहेको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise