२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सेयर बजारको लगातार गिरावटमा विराम

Nada
२०८३ वैशाख ११ गते १८:४३
Shares
सेयर बजारको लगातार गिरावटमा विराम

काठमाडौँ : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ । 

ncell

लगातार चार कारोबार दिन ओरालो लागेको बजारले यस दिन भने सामान्य वृद्धि दर्ता गर्दै गिरावटको शृङ्खला रोकेको हो ।

कारोबार अवधिको अन्त्यसम्म नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलव ५४ अंकले बढेर २ हजार ७ सय ८८ विन्दुमा पुगेको छ । यसअघि लगातार चार दिन बजारमा दबाब देखिएको थियो ।

कारोबार रकममा पनि केही सुधार आएको छ । अघिल्लो दिन ५ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा शुक्रबार ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा सूचीकृत तीन कम्पनीको सेयर मूल्य करिब १५ प्रतिशतसम्म बढेको देखिएको छ, जसले समग्र बजारमा सकारात्मक संकेत दिएको विश्लेषण गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर