२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भारत काभा नेसन्स लिगको फाइनलमा

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १६:२७
भारत काभा नेसन्स लिगको फाइनलमा

काठमाडौं : भारत काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भएको खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो ।

पहिलो सेटमा भारतले श्रीलंकालाई २५-१५ ले पराजित गर्‍यो । यस्तै दोस्रो सेटमा भारत २५-१६ तथा तेस्रो सेटमा २५-२३ ले विजयी भयो । अब भारतले उपाधिका लागि आयोजक नेपाल र इरानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र इरानबीचको खेल आजै सवा ५ बजे शुरु हुने छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise