२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

नहरमा डुबेर बालकको मृत्यु

draupadi film
सन्तोष पौडेल
२०८१ साउन २२ गते २१:३०
नहरमा डुबेर बालकको मृत्यु

बर्दिया : बर्दिया बबई सिँचाइ आयोजनाको नहरमा डुबेर एक बालकको ज्यान गएको छ ।  बारबर्दिया नगरपालिका ८ भगतपुर बस्ने १६ वर्षीय बालक साहिल वि.क.को नहरमा डुबेर ज्यान गएको हो ।

सोमबार बेलुकी साथीहरूसँग नहरमा नुहाउन गएका सहिल बेलुका ६ बजे बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस कतर्नियाको गोताखोर टोलीले राति करिब ११ बजे उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।

मृतक बालकको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पुर्‍याइएको छ । मृतक बालक बारबर्दिया ८ औरिमा रहेको उनको मामा घरको ६० वर्षीया हजुरआमासँग बस्दै आएका थिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise