२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

काभा महिला भलिबलमा इरान तेस्रो

ADV
मध्यान्ह
२०८१ साउन २३ गते १६:४७
काभा महिला भलिबलमा इरान तेस्रो

काठमाडौं : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको खेलमा इरानले श्रीलंकालाई ३–० को सmोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो । 

इरानले श्रीलंकामाथि २५–२२, २८–२६, र २५–१७ ले पाखा लगाउँदै जित हासिल गरेको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले चिरपरिजित प्रतिद्धन्दी भारतको सामान गर्दैछ । उक्त खेल आज साझ पाँच बजेदेखि शुरु हुनेछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise