२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

उच्चबाट जारी भएन अन्तरिम आदेश, संघको चुनाव नरोकिने

Nada
२०८३ जेठ २१ गते १६:०३
Shares
उच्चबाट जारी भएन अन्तरिम आदेश, संघको चुनाव नरोकिने

काठमाडौं : उच्च अदालत पाटनले नेपाल वैदेशिक राेजगार व्यवसायी संघको प्रबन्ध समितिले प्रारम्भ गरेको निर्वाचन प्रक्रिया विधानसम्मत रहेको आदेश दिएको छ ।

ncell

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रबन्ध समिति गठन गर्ने सल्लाहकारहरूको निर्णय र नयाँ कार्यसमितिको निर्वाचन गराउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनविरुद्ध उच्च अदालत पाटनमा बुधबार रिट दायर भएको थियो ।

सो रिटमा बिहीबार शिबबहादुर रानाभाटकाे इजलासमा सुनुवाइ भएको थियो । उच्च अदालत पाटनमा उत्प्रेषण (०८२-wo-२०६२)मा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ निवेदक तथा जिल्ला प्रशासन कार्यालय बवरमहल, काठमाडौं र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ प्रबन्ध समितिलाई विपक्ष बनाइएको थियो । रिटमा अन्तरिम आदेश जारी नभएपछि निर्वाचनको प्रक्रिया नरोकिने भएको छ ।

सम्बन्धित खबर