२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कटुवाल संघको कानुनी सल्लाहकारमा मनोनीत

Nada
२०८३ जेठ २१ गते २२:३६
Shares
कटुवाल संघको कानुनी सल्लाहकारमा मनोनीत

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वरिष्ठ अधिवक्ता देवराज कटुवाललाई आफ्नो कानुनी सल्लाहकारमा मनोनीत गरेको छ । संघले बिहीबार कटुवाललाई कानुनी सल्लाहकारमा मनोनीत गरेको हो ।

ncell

संघले कार्य सञ्चालन गर्ने सिलसिलामा संघलाई आवश्यक पर्ने कानुनी राय, सल्लाह र सुझाव लिनका लागि संघको विधानबमोजिम कानुनी सल्लाहकारमा मनोनीत गरिएको जनाएको छ ।

वरिष्ठ अधिवक्ता कटुवाल कानुनी सल्लाहकारमा मनोनीत भएसँगै निर्वाचन समितिको सदस्य सचिव भई बिहीबारबाटै कार्य सुरुवात गरेका छन् । कटुवाल वैदेशिक रोजगार क्षेत्रको कानुनका विज्ञ मानिन्छन् ।

सम्बन्धित खबर