
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले छुट्टै प्यानल बनाउने तयारी गरेको छ ।
मञ्चले महासचिव कुन्छा दाेर्जे दिमदाेङकाे अध्यक्षतामा व्यवसायीलाई समेटेर उम्मेदवार घाेषणा गर्ने तयारी गरेकोे सचिव बासुदेव पुडासैनीले जानकारी दिएका छन् ।
त्यसका लागि मञ्चका अध्यक्ष धनलाल जैसीले विभाग जातीय भेगीय संस्थाहरूसंग निरन्तर छलफल गरिरहेकाे बताइएको छ।
विघटित कार्यसमितिमा मञ्चले नेपाल लाेकतान्त्रिक एसोसिएसनसँग प्यानल बनाएर सचिव र तीन सदस्य जितेको थियोे ।