
काठमाडौं : नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एसोसिएसनका कार्यवाहक महासचिव तुलसी पुरीले नेपाल वैदेशिक राेजगार व्यवसायी संघको निर्वाचनमा द्वितीय उपाध्यक्ष पदमा उमेदवार बन्ने बताएका छन् ।
हाल एचएमटी ओभरसिज प्रा.लि.काे सञ्चालक रहेका पुरी नेपाली कांग्रेस खाेटाङ काठमाडौं सम्पर्क समितिकाे अध्यक्षकाे जिम्मेवारी सम्हालिसकेका छन् ।
यसअघि लायन्स क्लब अफ काठमाडौंका निवर्तमान भ्वाइस चेयरम्यान र नेपाल वैदेशिक राेजगार व्यवसायी संघ कार्यसमिति सदस्य भइसकेका व्यवसायी पुरी ब्याडमिन्टनका कुशल खेलाडी पनि हुन् ।
राजधानीमा भएका थुप्रै प्रतियोगितामा उनलेे दर्जनौं पटक पुरस्कार, ट्रफी तथा नगद पुरस्कार हात पारेका छन् । सशक्त र जुझारु व्यवसायीकाे परिचय बनाएका व्यवसायी पुरी वैदेशिक राेजगार व्यवसाय सुधारका काम गर्न उम्मेदवार बन्न लागेको बताएका छन् ।
सिनामंगल म्युआरटी लगायत संस्थाकाे प्रतिनिधित्व गर्दै उम्मेदवार बन्न लागेको उनको भनाइ छ।