२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

संस्थागत सुधार र पेशागत एकताका पक्षमा काम गर्ने छु : अध्यक्ष उम्मेदवार भुर्तेल

Nada
२०८३ जेठ २३ गते १०:३३
Shares
संस्थागत सुधार र पेशागत एकताका पक्षमा काम गर्ने छु : अध्यक्ष उम्मेदवार भुर्तेल

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका आज मनाेनयन दर्ता हुँदैछ । संघको निर्वाचन समितिले दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।

ncell

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट संघका पूर्व महासचिव मेघनाथ भुर्तेलले टिकट पाएका छन् ।

एसोसिएसनका अध्यक्षका उम्मेदवार भुर्तेलले सबैलाई समेटेर अघि बढ्ने बताएका छन् । यसअघि महासचिव भएर काम गरेकोे अनुभवका आधारमा व्यवसायीहरूको हकहित, संस्थागत सुधार र पेशागत एकताका पक्षमा महत्वपूर्ण काम गर्ने बताएका छन्।

नेपाली कम्युनिस्ट पार्टीनिकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन सबै पक्षसँग छलफलमा रहेको बताइएको छ । पार्टी एकीकरण भए पनि मञ्च र संगठन सुविधा र सन्तुलनका आधारमा प्यानल बनाउने तयारीमा छन् ।

उनलेे नीतिगत सुधार अन्तरगत वैदेशिक रोजगार ऐन, नियमावली र निर्देशरियाको समयानुकूल संशोधन , श्रमिक र कामदारमैत्री नीति निर्माणमा छिटो र प्रभावकारी क्रियान्वयन गरी पूर्ण डिजिटल र स्वचालित, छिटो र पारदर्शी डिजिटल प्रणालीको विकास गर्ने प्रतिवद्वता जनाएका छन्  । 

त्यसैगरी कामदारको श्रम अनुमतिपत्र, मिसा र अन्य सेवा अनलाईनबाट उपलब्ध गराउने,अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वैदेशिक रोजगार व्यवसायलाई नीतिको स्पटता र कर नीतिमा सहजीकरण र अनुचित प्रतिस्पर्धा, बिचौलिया र कमिशनको अन्त्य गर्ने विषयमा काम गर्ने बताएका छन् ।लयुरोप, जापान, कोरिया, इजरायललगायत उच्च आय भएका देशमा  कूटनीतिक पहल र सम्झौता  गरअं नयाँ गन्तव्यकाे खाेजी गर्ने बताएका छन् ।

सम्बन्धित खबर