२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

गीत : आऊ न जाऊँ तिमी र म बादलुको देश

Nada
हुमेन्द्र गौतम
२०८३ जेठ ३० गते ०६:०५
Shares
गीत : आऊ न जाऊँ तिमी र म बादलुको देश

आऊ न जाऊँ तिमी र म बादलुको देश
शिव र पार्वतीजस्तै मिलेर बसेको वेश
दुई मुटु एउटै धड्कन, माया लाग्ने झन
तिमीबाहेक को नै छ र तिमी आफैं भन

ncell

आऊ न जाऊँ तिमी र म
जहाँ अन्याय नहोस्, बैरी नहोस् तिमी र म
तिमीबाहेक को नै छ र तिमी आफैं भन

बादलुको सामीप्यमा, न्यानो तिम्रो काख
सधैंभरि अँगालोमा बाँधेर राख ।
परीजस्तै राम्रा होलान् अरू पनि यहाँ,
तर मलाई तिम्रै मात्र लाग्ने गर्छ भर ।
तिमीबाहेक को नै छ र तिमी आफैं भन)

स्वार्थ रूपी संसारमा, निःस्वार्थ तिम्रो माया
शीतलता दिलाउँछ्यौ, बोकी हिमालको छाया
एकैछिन नदेख्दा नि लाग्ने गर्छ डर
तिमीबिना को नै छ र तिमी आफंै भन

तिम्रो एक मुस्कानले दिन हुन्छ दंग,
भरिदिऊँ लाग्छ शिरमा प्रेमको रंग ।
प्रेमले बनोस् सानो पिरतीको घर,
तिमीबिना को नै छ र तिमी आफैं भन ।
जहाँ ईष्र्या नहोस्, स्वार्थ नहोस्, प्रेमको संस्कार ।

आऊ न जाऊँ तिमी र म बादलुको देश,
शिव र पार्वतीजस्तै मिलेर बसेको वेश ।

ताजा खबर

सम्बन्धित खबर