२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

पोर्चुगलमा मनाइयो भूम्या पर्व

Nada
भरत प्रधान
२०८३ असार ५ गते १७:४६
Shares
पोर्चुगलमा मनाइयो भूम्या पर्व

लिस्बन : मगर समुदायको सांस्कृतिक तथा धार्मिक महत्त्वको पर्व 'भूम्या' (भूमे) युरोपेली मुलुक पोर्चुगलमा पनि भव्यताका साथ मनाइएको छ ।

ncell

मगर संघ पोर्चुगल, तकसेरा समाज पोर्चुगल र लुगुम्याल समाज पोर्चुगलको संयुक्त आयोजनामा पोर्चुगलमा रहेका मगर समुदायले आइतबार राजधानी लिस्बनस्थित बेलाभिस्ता पार्कमा भूमि पूजा गर्दै भव्यताका साथ भूम्या पर्व मनाएका हुन् ।

भूमि (बल) पूजा मगर समुदायको धार्मिक तथा सांस्कृतिक परम्परा र विधिअनुसार सम्पन्न गरिएको आयोजक संस्था मगर संघले जनाएको छ । सांस्कृतिक भेशभूषामा सजिएका सहभागीहरूले धार्मिक विधिअनुसार भूमि पूजा गरेका थिए । पूजा कार्यक्रममा परम्परागत विधिबाट पूजा–आराधना गरिनुका साथै समुदायको सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गरिएको थियो ।

सो अवसरमा मगर समुदायको मौलिक संस्कृति झल्किने खालका सांस्कृतिक झाँकी तथा नाचगानसमेत प्रस्तुत गरिएको थियो।  कार्यक्रम मगर संघ पोर्चुगलका अध्यक्ष युक बहादुर रानामगरको अध्यक्षता तथा नेपाल  आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप कुमार रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

संघका उपाध्यक्ष यामबाबु आलेको स्वागत तथा महासचिव अजय गलामी मगरको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा तामाङ समाज पोर्चुगलका अध्यक्ष कुमार बल्लब तामाङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मगर समुदायको कला, संस्कृति, परम्परा र साँस्कृतिक  रीतिरिवाजको जगेर्ना गर्दै पुस्तान्तरण गर्ने उद्धेश्यले बिदेशी भूमिमा समेत भूमि पूजा सम्पन्न गरिएको संघका अध्यक्ष रानामगरले बताए ।

कार्यक्रममा सहभागीहरूले मगर समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, मगर समुदायका साथै पोर्चुगलबासी नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर