२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

विप्लव निकट नेकपाले राष्ट्रिय स्वाधीनता, सी संस्कृति र एकीकृत स्वामित्वबारे बहस गर्ने

draupadi film
सत्यराज सिंह
२०८१ जेठ २६ गते २०:५४
विप्लव निकट नेकपाले राष्ट्रिय स्वाधीनता, सी संस्कृति र एकीकृत स्वामित्वबारे बहस गर्ने

बझाङ : विप्लव निकट नेकपाले नेपालको राष्ट्रिय स्वाधीनताका चुनौती, सी संस्कृति र अर्थतन्त्रमा एकीकृत स्वामित्वको मोडलबारे बझाङका स्थानीय तहहरुमा बहस सञ्चालन गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बझाङको शुक्रबार सम्पन्न छैटौं बैठकद्वारा नेकपाले अघि सारेको सी संस्कृति  उक्त विषयमा स्थानीयस्तरमा समेत बहस गर्ने निर्णय गरेको हो ।

मुलुकको स्वाधीनतामाथि भू–राजनीतिक चुनौती मडारिँदै गएको, समाजमा जात व्यवस्थामा आधारित विभेद र उचनिचको संरचना यथावत् रहेको र देशको अर्थतन्त्रको परम्परागत मिश्रित प्रणालीले समेत राष्ट्रिय पुँजी निर्माण हुन नसकेको बेला नेकपाले बहस गर्न लागेको हो । 

जिल्ला समिति सचिव प्रविन सीको अध्यक्षता, नेकपा स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सीको प्रमुख आतिथ्यता र जिल्ला इन्चार्ज भरत सीको विशेष उपस्थितिमा भएको बैठकले देशभक्त, समाजवादी, वामपन्थी र कम्युनिस्ट एवम् माओवादी धाराहरुबीच विचार, कार्यक्रम, सिद्धान्त र समाजवादी आन्दोलनका तत्कालीन कार्यभारबारे छलफल, बहस गर्दै एकताका लागि पहल गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै बैठकले सुशासन, समृद्धि, जनअधिकार तथा सामाजिक न्यायका पक्षमा तथा  एम.सी.सी.विरुद्ध संघर्ष गर्ने, भ्रष्टाचारी, मिटरब्याजीलाई कारबाही गर्ने, महंगी, महिला हिंसा, जातीय विभेद, मानव तस्कर, लागुऔषध दुव्र्यसनी र ठगी  धन्दा चलाउनेलाई कारबाही गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेकपा बझाङले संगठन सुदृढीकरण तथा जनसम्बध विस्तार अभियानलाई जिल्लामा प्रभावकारी बनाउने, बजेट दुरुपयोग, अनियमितता, पक्षपात, साधनस्रोतको दुरुपयोग लगायत तमाम जनविरोधी हर्कतविरुद्ध संघर्ष गर्ने, पार्टीको आत्मनिर्भर उत्पादन सम्बन्धी नीतिलाई कार्यान्वयन गर्ने समेत निर्णय गरेको छ । 

ADV

सम्बन्धित खबर

Advertise