२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

शर्मिला र कमलाको 'बाबाको आँगनीमा' सार्वजनिक

ADV
मध्यान्ह
२०८१ साउन २७ गते ११:५४
शर्मिला र कमलाको 'बाबाको आँगनीमा' सार्वजनिक

काठमाडौं : गायिका शर्मिला गुरुङ र कमला पोखरेलको 'बाबाको आँगनीमा' बोलको तिज गीत सार्वजनिक भएको छ । शर्मिला गुरुङको शब्द संगीत रहेको गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । गीतको भिडियो निर्देशन स्मृति तिमिल्सेनाको रहेको छ ।

नृत्य पनि तिमिल्सेनाको रहेको गीतमा सागर बाजुरालीको रेकर्डिङ र खड्का बाजुरालीको मिक्सिङ मास्टरिङ रहेको छ । मौलिक लयमा तयार पारिएको गीतको भिडियो राजेश घिमिरेले खिचेका हुन् । नविन घर्तीको सम्पादन रहेको गीत कमला पोखरेल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतका निर्माता कृष्ण रानाभाटले बताए ।

नेपाली परम्परालाई उजागर गरेर गीत तयार पारिएको गायिका कमलाले बताइन् । गीतलाई दर्शक स्रोताहरुले रुचाइरहेको निर्माता कृष्ण बताउँछन् ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise