२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रथम पाल्पाली भलिबल कप–२०२६ को टाइसिट सार्वजनिक

Nada
निसान्त पाठक
२०८३ असार २० गते १८:१८
Shares
प्रथम पाल्पाली भलिबल कप–२०२६ को टाइसिट सार्वजनिक

दुबई : सन २०१४ मा स्थापना भएको पाल्पालीहरूको साझा संस्था पाल्पाली समाज यूएई ले आयोजना गर्न लागेको प्रथम पाल्पाली भलिबल कप–२०२६ को टाइसिट सार्वजनिक गरिएको छ ।

ncell

प्रतियोगिताको उद्घाटन खेल आइतबार बिहान ९:३० बजे कास्की आदर्श समाज र रूपन्देही बुटवल भलिबल टिम बीच हुने भएको छ ।

प्रतियोगितामा कुल १५ वटा टिम सहभागी हुने प्रतियोगिता संयोजक कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् । प्रतियोगिता आइतबार बिहान ९ बजेदेखि दुबईस्थित अल खवानिज–२ मा रहेको स्पार्ट स्पोर्ट्स एकेडेमीमा सञ्चालन हुनेछ ।

खेलकुदमार्फत आपसी एकता, ऊर्जा र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने उद्देश्यसहित पाल्पाली समाज यूएईले दुबईमा पहिलोपटक प्रथम पाल्पाली भलिबल कप–२०२६ आयोजना गर्न लागेको हो ।

टाइसिट सार्वजनिक कार्यक्रममा पाल्पाली समाज यूएईका संरक्षक खुमबहादुर आले र वेदप्रसाद अर्याल, व्यवसायी तथा समाजसेवी एकेन्द्रबहादुर थापा, साथै प्रतियोगितामा सहभागी विभिन्न टिमका प्रतिनिधि तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर