२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पेरिस ओलम्पिकमा नेपाली धाविका सन्तोषी ७९औं स्थानमा

ADV
मध्यान्ह
२०८१ साउन २७ गते १५:५१
पेरिस ओलम्पिकमा नेपाली धाविका सन्तोषी ७९औं स्थानमा

काठमाडौँ : पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९औँ स्थान हासिल गरेकी छिन् ।

फ्रान्सको राजधानी पेरिसमा आज सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी दुई घण्टा ५५ मिनेट ६ सकेन्डको समय लगाउँदै पुरा गरिन् । ‘वाइल्ड कार्ड’मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभगिता जनाएकी हुन् । महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए ।

उक्त विधाको उपाधि भने नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छिन् । उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन् । यस्तै, दुई घण्टा २२ मिनेट ५८ सेकेन्ड लगाएकी इथियोपियाकी असिफा दोस्रो भइन् । केन्याकी ओबिरीले तेस्रो स्थान प्राप्त गरिन् । उनले सो दूरी दुई घण्टा २३ मिनेट १३ सेकेन्डमा पूरा गरिन् । 

यससँगै ओलम्पिकमा नेपाली खेलाडीको चुनौती सकिएको छ । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह, जुडोकी मनिता श्रेष्ठ प्रधान तथा ब्याडमिन्टनका प्रिन्स दाहाल ओलम्पिकबाट बाहिरिसकेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise